Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

गल्याङ-बज्रे सडक कालोपत्र हुँदै

गल्याङ-बज्रे सडक कालोपत्र हुँदै

  • 193
    SHARES
  • गल्याङ-बज्रे सडक कालोपत्र हुँदै
    स्याङ्जा । साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन ।
     
    स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका-११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ-बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन ।
     
    गल्याङ नगरपालिकाको दुई करोड एक लाख ९२ हजार पाँच सय २३ र संघीय सरकारको दुई करोड गरी कुल चार करोड एक लाख ९२ हजार पाँच सय २३ मा गल्याङ-बज्रे सडक कालोपत्रे हुन लागेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
     
    वालिङस्थित निर्माण कम्पनी विकेक एण्ड कुवेर विल्डर्स प्रालिले कालोपत्रका नगरपालिकासँग ठेक्का सम्झौता गरी काम अगाडि बढाएको उनले बताए । पौडेलका अनुसार सोही बजेटभित्र दुई हजार पाँच सय मिटर सडक कालोपत्रे, वाल उठाउने, नाली काट्ने, नाली बनाउने, होमपाईप राख्ने, कल्भर्ट बनाउनेलगायत काम गरिनेछ ।
     
    नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस आयोजनाबाट करिब आठ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए । बाटोको असुविधाले गर्दा किसानले उत्पादन गरेका दुध, खसिबोका, गाईभैँसी, राँगा, कुखुरा, अन्नबाली, तरकारी निर्यातमा समस्या हुँदै आएकामा कालोपत्रपछि उत्पादित सामान निर्यातमा समस्या नहुने नगरप्रमुख भट्टराईको भनाइ थियो ।
     
    उनले सडक सुविधा सहज भए समान ढुवानी गर्न सजिलो हुने र ढुवानी लागत पनि घट्ने बताए । निर्माण कम्पनीका सञ्चालक कुवेर तिवारीले गत कात्तिकदेखि सुरु भएको काम वर्षाले दुःख नदिए असार मसान्तसम्म सक्ने लक्ष्य रहेको जानकारी दिए ।
     
    स्थानीय ओमबहादुर थापाले कच्चि बाटोका कारण वर्षौँदेखि समस्या भोग्दै आएको बताए । उनले कालोपत्रेको काम सकिएपछि सामान ढुवानी गर्न र यात्रा गर्न सुविधा हुने भन्दै निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij