Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ट्याक्टर दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

ट्याक्टर दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

  • 227
    SHARES
  • ट्याक्टर दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

    खोटाङ । आफैँ चढेको ट्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ ।

    विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कने क्रममा बाहुनीडाँडाकै झापाबाट कुर्लेघाटतर्फ जाँदै गरेको को२त४६७६ नं को ट्रयाक्टरमा चढेका उनको रुपसे भन्ने ठाउँमा ट्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्राले किचेर घटनास्थलमै मृत्यु भएको हो ।

    प्रधानाध्यापक राई विद्यालय बिदा भएपछि सुंगुरको चारो लिन सोही ट्याक्टरमा चढेर कुर्लेघाट गएका थिए । कुर्लेघाटबाट चालकछेउमा बसेर फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका उनको टाउकोमा पछाडिको पाङ्ग्राले किच्दा घटनास्थलमै मृत्यु भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

    उनको शव परीक्षणका लागि आज जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला आफन्तले बताए । सो घटना पछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

    प्रधानाध्यापक राईको निधन भएपछि विद्यालयको पठन-पाठन रोकिएको स्थानीय बासिन्दाले बताए । विद्यालय व्यवस्थापन समितिले भने शोक वक्तव्य जारी गरेर पठन-पाठनलाई निरन्ता दिने तयारी गरिएको जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij