Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अघिल्लो वर्षभन्दा सन् २०२१ मा विश्वमा कोरोनाबाट धेरैले ज्यान गुमाए 

अघिल्लो वर्षभन्दा सन् २०२१ मा विश्वमा कोरोनाबाट धेरैले ज्यान गुमाए 

  • 661
    SHARES
  • अघिल्लो वर्षभन्दा सन् २०२१ मा विश्वमा कोरोनाबाट धेरैले ज्यान गुमाए 

    न्युयाेर्क । सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोरोना भाइरसबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुवेइ प्रान्तको वुहान सहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो ।

    तर सन् २०२० मा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको एक समाचारमा जनाइएको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलले यो समाचार दिएको हो । अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै विश्वमा कोभिडबाट धेरै मानिसको ज्यान गएको छ ।

    अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ । सो विश्वविद्यालयले विश्वका कैयौं देशमा अहिले खोपको आविष्कार भएर खोप लगाउने थालिएको भए पनि यस वर्ष लागेपछि मानिसहरुको ज्यान जाने क्रम भने रोकिएको छैन भनेको छ ।

    कोभिडबाट भएको यो मृत्युको संख्या हेर्दा अहिले पनि संसारका कैयौं स्थानमा कोभिडको महामारीले मानिसको ज्यान लिने क्रम भने नरोकिएको देखिएको सो विश्वविद्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij