Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दमेकमा तामा उत्खन्नका लागि अध्ययन गरिँदै

दमेकमा तामा उत्खन्नका लागि अध्ययन गरिँदै

  • 257
    SHARES
  • दमेकमा तामा उत्खन्नका लागि अध्ययन गरिँदै

    बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका-३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ ।

    खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन । यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताए ।

    तामाको सम्भाव्यताबारे खानी विभाग र अनुमतिप्राप्त कम्पनीलाई जानकारी गराइएको थियो । खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका इञ्जीनियरको समूहले काम थालेको हो ।

    ‘यो प्रारम्भिक अध्ययन हो, यहाँ तामा रहे/नरहेको विषयमा खोजी गर्छौँ’, शुभम् ग्रुपका निर्देशक अशोक विकले भने, ‘प्रारम्भिक अध्ययनको प्रतिवेदनपछि अन्य प्रक्रिया थाल्छौँ ।’

    प्रारम्भिक अध्ययनका लागि झण्डै छ महिना लाग्ने उनले बताए । बाग्लुङकै तित्याङमा तीन वर्षअघि प्रारम्भिक अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीमा चीनबाट आएको प्राविधिक टोली फर्किएपछि अध्ययन रोकेको थियो ।

    तित्याङमा अध्ययन सकिएकाले दोस्रो चरणको खानी अध्ययन र वातावरणीय परीक्षणको काम सुरु हुने निर्देशक विकले जानकारी दिए । ग्रुपले म्याग्दीको ओखरबोटमा पनि तामाखानीको अध्ययन गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij