वेबटिभी खबर
काठमाडौं । सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० प्रमुख जुनोटिक रोगहरूको प्राथमिकीकरण गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) काअनुसार नेपालमा पशुपंक्षीबाट मानवमा सर्ने प्रमुख १० रोगको प्राथमिकीकरण गरिएको हो ।
प्राथमिकीकरण गरिएका रोगहरूमा इन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा), रेबिज, कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ-२), लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिसर्कोसिस/हार्डडाइटिडोसिस र टोक्जोप्लास्मोसिस रहेका छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij