Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

रामदेवले कोरोनाविरुद्धको खोप लगाउने

रामदेवले कोरोनाविरुद्धको खोप लगाउने

  • 499
    SHARES
  • रामदेवले कोरोनाविरुद्धको खोप लगाउने

    नयाँ दिल्ली । कोरोना भाइरसको महामारीका समयमा चिकित्सा विज्ञान र चिकित्सकको विरोधमा बोल्दै आएका भारतीय योग गुरु रामदेवले कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन् ।

    समाचार एजेन्सी पिटिआईका अनुसार रामदेवले छिट्टै खोप लगाउने जनाएका हुन् । साथै उनले चिकित्सकहरुको तारिफ गर्दै भगवानको दूतको एक रुप भएको पनि बताएका छन् । यसभन्दा अगाडि रामदेवले योग र आयुर्वेदका कारण आफू सुरक्षित रहेकाले खोप लगाउन आवश्यक नरहेको बताएका थिए । 

    जुन २१ तारिखबाट सबैलाई निशुल्क कोरोना खोप दिने प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाको स्वागत गर्दै रामदेवले सरकारको ऐतिहासिक कदम भएको पनि बताएका छन् । उनले सबैले कोरोना खोप लगाउन आवश्यक रहेको पनि बताएका छन् ।

    पिटिआईका अनुसार उनले हरिद्धारमा पत्रकारसँग योग, आयुर्वेदका साथै खोपका दुवै डोज लगाएर दोहोरो सुरक्षा पाउन सक्ने पनि बताएका छन् । उनले चिकित्सा उपचार पद्धतिको विरोध नगरी औषधिको नाममा गरीबको शोषण गर्ने प्रवृत्तिको विरोध गरेको प्रतिक्रिया दिएका छन् । 

    यसअघि रामदेवले एलोप्याथिक औषधि खाएर लाखौं मानिसको मृत्यु भएको भन्दै आधुनिक चिकित्सा विज्ञानलाई 'बेवकूफ र इन्सलभेन्ट विज्ञान' भनेर टिप्पणी गरेका थिए । यसभन्दा केहि दिन अघि पनि रामदेवले वातावरणमा प्रशस्त अक्सिजन रहेकाले कुनै अभाव नहुँदा नहुँदै पनि मानिसहरुले अयोग्य सिलिन्डर खोजिरहेको भन्ने विवादस्पद बयान दिएका थिए ।

    चिकित्सकमाथि अनेक टिप्पणी गरेका कारण स्वास्थ्य मन्त्रीले रामदेवलाई उनको भनाई फिर्ता लिन लगाए पनि रामदेवले चिकित्सा विज्ञानलाई प्रहार गरिरहेका थिए । रामदेवको व्यवहार परिवर्तन नभएपछि चिकित्सकहरुको एक संगठनले जुन १ मा कालो दिनका रुपमा रामदेवविरुद्ध अस्पतालहरुमा प्रदर्शन पनि गरेका थिए । 

    रामदेवविरुद्ध भारतीय डाक्टरको विरोध प्रदर्शन  रामदेवविरुद्ध भारतीय डाक्टरको विरोध प्रदर्शन  रामदेवविरुद्ध डाक्टरहरुले देशव्यापी विरोध प्रदर्शन गर्ने  रामदेवविरुद्ध डाक्टरहरुले देशव्यापी विरोध प्रदर्शन गर्ने  थामिएन भारतमा रामदेव-डाक्टर झगडा  थामिएन भारतमा रामदेव-डाक्टर झगडा 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij