वेबटिभी खबर
काठमाडौं । बृहत् नागरिक आन्दोलनका अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती लगायतलाई पक्राउ गरेको हो ।
नागरिक आन्दोलनले सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरूलाई प्रहरीले पक्रेको हो ।
बृहत् नागरिक आन्दोलनका अगुवाहरू प्रतिनिधिसभा विघटन गरेर सरकारले ‘प्रतिगामी’ कदम चालेको भन्दै दुई महिनादेखि आन्दोलनमा छन् । उनीहरूले काठमाडौंसहित देशका मुख्य सहरमा आन्दोलन गर्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij