Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाग्मती प्रदेशको सर्वदलीय बैठक बस्दै

बाग्मती प्रदेशको सर्वदलीय बैठक बस्दै

  • 253
    SHARES
  • बाग्मती प्रदेशको सर्वदलीय बैठक बस्दै

    हेटौंडा । बाग्मती प्रदेश सभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ ।

    आज बस्ने उक्त सर्वदलीय बैठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ ।

    आगामी प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न कार्यसूची तयारी गरिने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेश सभाको हिउँदे अधिवेशन यही वैशाख १३ गते राति अन्त्य गरिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij