Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा

सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा

  • 214
    SHARES
  • सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा

    बैतडी । पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।

    नगरपालिकाभित्र रहेका १५ सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बीमा गरिदएको हो ।

    स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बिमा गरिदिएको हो । पन्ध्र परिवारको तीन हजार पाँच सयका दरले स्वास्थ्य बीमाबापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताए ।

    पाँच जनासम्म सदस्य संख्या रहेको परिवारको तीन हजार पाँच सयमा एक वर्षका लागि स्वास्थ्य बीमा गर्ने गरिन्छ । सोबापत बीमित परिवारले एक लाखसम्मको उपचार सुविधा पाउँछन् ।

    बीमित परिवारले सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने गर्दछन् । नगरपालिकाले यसअघि रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको निःशुल्क बिमा पनि गरिदिएको छ ।

    यसअघि उक्त नगरपालिकाले सहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको थियो । जिल्ला प्रशासन कार्यालय र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो ।

    प्राप्त नामावली आएका १५ सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई दोसल्ला प्रमाणपत्र र पाँच हजारसहित सम्मान गरिएको नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिइन् ।

    यस्तै उनीहरूलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान कार्यक्रम चालु आर्थिक वर्षको नगरसभाबाट स्वीकृत गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij