Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

  • 233
    SHARES
  • यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘सार्वजनिक यातायातको क्षेत्रमा डिजिटलाइजेशन’ सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले प्रदेशमा राजस्वको धेरै ठूलो क्षेत्र बोकेको यातायातलाई व्यवस्थित गर्न डिजिटलाइजेशन गर्न आवश्यक रहेको बताएका हुन् ।

    उनले समयसापेक्ष यातायात क्षेत्रलाई सुधार गर्न नसके अपेक्षित लाभ लिन नसकिने भन्दै प्रदेशमा यातायातको रूट निर्धारण र नियमन पनि प्रदेश सरकारको जिम्मेवारीभित्र पर्ने धारणा व्यक्त गरे ।

    मुख्यमन्त्री कार्कीले प्रविधितर्फ नागरिक आकर्षित भइरहेको समयमा हरेक क्रियाकलाप प्रविधिमैत्री हुन आवश्यक छ भन्दै छलफलमा उठेका कुरालाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्ने स्पष्ट पारे ।

    मन्त्रालयका सचिव उमेश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रदेशसभाका पूर्वसदस्य एवं यातायात व्यवसायी श्रीप्रसाद मैनालीलगायतले डिजिटलाइजेशनको पक्षमा बोलेका छन् ।

    कार्यक्रममा सार्वजनिक यातायातको वर्तमान अवस्था र गर्नुपर्ने कार्य, आवश्यक नीति, नियम र कार्यविधि, चल्ने रुट तथा नम्बर, बस बिसौनी, कार्यान्वयन तथा निगरानी, यातायात व्यवसायीले गर्नुपर्ने कार्य, यातायात श्रमिकको क्षमता अभिवृद्धि, श्रमिकको पारिश्रमिक पद्धतिमा पुनरावलोकन, प्रविधि उपकरण तथा प्रणालीको व्यवस्था, जनशक्तिका लागि तालिमको व्यवस्था, सुरक्षित वित्तीय कारोबारको सुनिश्चितता, सहज तथा सरल सञ्चालनको व्यवस्थापनजस्ता विषयमा छलफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # यातायात

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij