Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

उपेन्द्र यादवले लिए पद तथा गोपनीयताको शपथ

उपेन्द्र यादवले लिए पद तथा गोपनीयताको शपथ

  • 245
    SHARES
  • उपेन्द्र यादवले लिए पद तथा गोपनीयताको शपथ

    बारा । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन ।

    जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराए ।

    यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका थिए । उपनिर्वाचनमा तनहुँ-१ र चितवन-२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसकेका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij