वेबटिभी खबर
काठमाडौं । बुधबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सशर्त अनुदानको योजनामा कुनै त्रुटि भएको सच्चाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै मंगलबार विपक्षी दलहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।
मुख्यमन्त्री राउतले प्रदेशसभा सदस्यहरूले दिएको सुझाव र योजना सिफारिसलाई ध्यान दिइने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्यहरुले दिएको योजनाअनुसार नै धेरै ठाउँमा गएको र केही ठाउँमा त्रुिट भएको उनले स्वीकारे ।
त्यस्तै उनले विनियोजन विधेयक वा अन्य विधेयक आएपछि गम्भिरतापूर्वक पढेर पारित गर्न आग्रह गरे । मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाएपछि बुधबार प्रदेशसभा बैठक सञ्चालन भएको थियो । बैठकमा । प्रि-बजेटको छलफल भएको थियो ।
प्रदेश सरकारले बिहीबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij