Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नालामा डुबेर महिलाको मृत्यु

नालामा डुबेर महिलाको मृत्यु

  • 197
    SHARES
  • नालामा डुबेर महिलाको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने समय पुर्नवास नगरपालिका-१० कालिका मन्दिरकी ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij