Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं महानगरका विद्यालयमा राजनीतिक गतिविधि गरे कारबाही

काठमाडौं महानगरका विद्यालयमा राजनीतिक गतिविधि गरे कारबाही

  • 230
    SHARES
  • काठमाडौं महानगरका विद्यालयमा राजनीतिक गतिविधि गरे कारबाही

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारवाही गर्ने जनाएको छ ।

    महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।

    महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाका अनुसार विद्यालय हाता भित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भएपछि सो निर्देशन जारी गरिएको हो ।

    ‘कुनैपनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही हुने ब्योहोरासमेत जानकारी गराईन्छ ।’ महानगरले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

    kt.png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij