वेबटिभी खबर
काठमाडौं । ९५ वर्षकी जोय मोर्रो नल्टन आफूसँग एउटा डायरी राख्छिन् तर उनलाई अझै न्युयोर्कमा जोन सल्ट्ज जुनियरसँग पहिलोपटक भेटेको मिति सम्झिन सक्दिनन् । तर अब दुवै सँगै छन् । मे २२ जोयको जन्मदिनका अवसरमा उनीहरुको विवाह भयो । उनी भन्छिन्, 'यदि हामी पाँच वर्षमात्रै बाँच्यौं भने पनि सँगै किन नबस्ने ?'
जोय र सल्ट्ज दुवै सन् १९२६ को मे महिनामा जन्मेका थिए । ६० वर्ष लामो वैवाहिक जीवनपछि दुवैका श्रीमान् श्रीमतीको मृत्यु भयो । त्यसपछि यी दुवै न्युयोर्कको टिल्सन र हर्लेमा आफ्नो घरमा एक्लै एक्लै थिए ।
सल्ट्ज उद्यमी हुन्, उनले सन् २०२० मा अवकाश लिएका थिए । जोयको तारिफ गर्दै उनी भन्छन्, 'उनी पनि प्यारी र स्मार्ट छिन् । उनको हाँसोको भाव अद्भुत छ । जब मैले उनीसँग विवाहको बारेमा कुरा गरे, उनी मुस्कुराइन् ।'
जोय र जोन सल्ट्जको पुनर्मिलनबाट उनीहरुका छोराछोरीसहित सबै परिवार धेरै खुसी छन् । जोयका तीन जना नातिनातिना र पाँच जना पनातिनातिना छन्, भने सल्ट्जको १० नातिनातिना र पाँच पनातिनातिना छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij