वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।
जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई यादवले ५ हजार ८१ मतान्तरले पराजित गरेका हुन् । यादवले २८ हजार ४१५ मत पाउँदा कुशवाहाले २३ हजार ३३४ मत पाएका थिए ।
त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् । यसैगरी तेस्राे स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार ८२९ मत मात्र प्राप्त गरेका छन् ।
मंसिर ४ गते भएकाे संघीय चुनावमा यस क्षेत्रबाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा चयन भएपछि गत आइतबार यहाँ उपनिर्वाचन भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij