Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

तुइनबाट खसेर एक जना महाकालीमा बेपत्ता

तुइनबाट खसेर एक जना महाकालीमा बेपत्ता

  • 268
    SHARES
  • तुइनबाट खसेर एक जना महाकालीमा बेपत्ता

    दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन ।

    जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका-२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका-२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए ।

    दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको जनाए । ‘दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा गएको छ, खोजी कार्य जारी छ’, उनले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij