Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दोल्ती पावरको आईपीओ बाँडफाँट हुँदै

दोल्ती पावरको आईपीओ बाँडफाँट हुँदै

  • 257
    SHARES
  • दोल्ती पावरको आईपीओ  बाँडफाँट हुँदै

    काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ आज बाँडफाँट हुँदैछ । कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ ।

    यस कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रूपैयाँ बराबरको आईपीओ जारी गरेको हो । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार यसको प्री-अलमेन्ट सम्पन्न भइसकेको छ ।

    यस आईपीओमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यस आईपीओमा मागभन्दा ११.६० गुणा बढी आवेदन परेको छ ।

    यस आईपीओमा १३ लाख ३९ हजार ४४० जनाले कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् । 

    जसमा १ लाख २७ हजार १८६ जनाले मात्र सेयर हात पार्नेछन् । जसअनुसार बाँकी ११ लाख ४४ हजार ६७५ जना भने आईपीओ पाउनबाट बञ्चित हुनेछन् ।

    कम्पनीले जारी गरेको आईपीओमा प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

    यस मध्ये सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता छुट्याइएको थियो भने १ लाख ७ हजार २९८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

    बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।

    रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आईपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij