वेबटिभी खबर
काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।
उनले भनिन्, ‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ । उजुरी दिएर सरकारलाई सहयोग गरिदिनुहोला ।’
सरकारले लिएको अग्रसरतालाई निरूत्साहित पार्ने गरि आन्दोलन नगर्न पनि उनले आग्रह गरेकी छिन् ।
मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij