Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र रूसी उपप्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र रूसी उपप्रधानमन्त्रीबीच भेटवार्ता

  • 206
    SHARES
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र रूसी उपप्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । रूसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रूसका उपप्रधानमन्त्री डीएन चेर्नुस्सेन्को बीच मस्कोमा शिष्टाचार भेटवार्ता भएको छ ।

    अध्यक्ष तिमिल्सिना र रूसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोका बीचमा भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरुका बारेमा छलफल भएको छ ।

    उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा ऊर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातयात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त संभावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र ऊर्जा क्षेत्रमा रूसी लगानी भित्रने विश्वास व्यक्त गरे ।

    अध्यक्ष तिमिल्सिना रूसी महासंघका सहायक परराष्ट्र मन्त्री एवाई रूदेन्कोका बीचमा पनि भेटघाट भएको छ ।

    रूसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणमा नेतृत्वको नेपालको ८ संसदीय प्रतिनिधि मण्डल रूस भ्रमणमा रहेको छ ।

    संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाकासदस्यहरू वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी रावल थापा पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij