वेबटिभी खबर
मोरङ । मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
रंगेली नगरपालिकाको आमतोलामा आज दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आमतोला-तेतरियाको भित्री सडकखण्डमा प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
घाइतेहरूको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक ग्रामथानका करिब ३१ वर्षीय बालक माझी फरार भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij