Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतमा कोभ्याक्सिन खाेप बालबालिकामा परीक्षण सुरू

भारतमा कोभ्याक्सिन खाेप बालबालिकामा परीक्षण सुरू

  • 962
    SHARES
  • भारतमा कोभ्याक्सिन खाेप बालबालिकामा परीक्षण सुरू

    नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड-१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको सुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् । 

    परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त मानिएमा खोप दिइनेछ ।

    भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति प्रदान गरेको थियो । 

    कोभ्याक्सिन बच्चाहरूका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बच्चाहरूमाथि यस पहिले नै परीक्षण सुरू गरिसकिएको छ । 

    भारतमा बनेको खोप २ वर्षमाथिका बालबालिकामा परीक्षण गर्न अनुमति  भारतमा बनेको खोप २ वर्षमाथिका बालबालिकामा परीक्षण गर्न अनुमति  बालबालिकाका लागि पहिलोपटक कोरोनाविरुद्धको खोप अनुमति  बालबालिकाका लागि पहिलोपटक कोरोनाविरुद्धको खोप अनुमति 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij