Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

खनाल-नेपाल पक्षले पनि पार्टी एकताका लागि ६ बुँदे अपिल निकाल्ने

खनाल-नेपाल पक्षले पनि पार्टी एकताका लागि ६ बुँदे अपिल निकाल्ने

  • 726
    SHARES
  • खनाल-नेपाल पक्षले पनि पार्टी एकताका लागि ६ बुँदे अपिल निकाल्ने

    काठमाडौं । नेकपाबाट निष्काशित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले पनि पार्टी एकता आह्वान गर्दै ६ बुँदे अपिल जारी गर्ने भएको छ ।

    पार्टी अध्यक्ष केपी  शार्मा ओलीले आइतबार राति जारी गरेको ६ बुँदे आह्वान पत्रले पार्टी एकताका लागि आफूहरुले चाहेको शर्त पूरा नगरेकाले ओलीपक्षलाई एकताको पहल गर्दै आफूहरुले ६ बुँदे पत्र जारी गर्ने भएका हुन् ।

    सोमबार बसेको स्थायी समिति सदस्यहरूको भर्चुअल बैठकले यस्तो निर्णय गरेको नेता गोकर्ण विष्टले जानकारी दिए । 

    ‘पार्टी अध्यक्षबाट जुन प्रकारको आह्वान पत्र आएको छ, त्यसमा हाम्रो असहमति छ । पत्रका केही बुँदामा अस्पष्टता छ । अस्पष्ट बुँदामा हाम्रो अडान राखेर एकताको अपिल सार्वजनिक गर्ने निर्णय भएको छ,’ विष्टले भने, ‘हामीले एकता नचाहेको होइन, तर एकताको नाममा जुन वक्तव्य आएको छ, त्यसले मात्रै लामो समयदेखि राख्दै आएको हाम्रो अडानलाई सम्बोधन गर्न सकेको छैन,’ पूर्वमन्त्रीसमेत रहेका विष्टले भने । 

    अपिल दुई पेजसम्मको ६ वटा बुँदामै केन्द्रित हुने खनाल-नेपाल पक्षले बताएको छ । खनाल-नेपाल समूहका सबै स्थायी कमिटी सदस्यको तर्फबाट अपिल जारी हुनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij