Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गदुल्लामा सबै घर परिवारको स्वास्थ्य बीमा

गदुल्लामा सबै घर परिवारको स्वास्थ्य बीमा

  • 260
    SHARES
  • गदुल्लामा सबै घर परिवारको स्वास्थ्य बीमा

    डोल्पा । जगदुल्ला गाउँपालिका डोल्पाले सबै घर परिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो ।

    स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए ।

    गाउँपालिकाले स्वास्थ्य बीमाका लागि १९ लाख २८ हजार आठ सय ५० रूपैया स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए ।

    समुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा विमितको संख्या नबढेको स्वास्थ्य बीमा बोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij