वेबटिभी खबर
काठमाडाैं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुकाे प्रभावकाे कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। बुधबार भने गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij