वेबटिभी खबर
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको समिति गठन गर्न दलहरूसँग सांसदको नाम मागेका छन् ।
सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले विषयगत संसदीय समिति गठन गर्न सदस्यका लागि दलहरूसँग सांसदहरूको नाम मागेका हुन् ।
बुधबारसम्म समिति गठन गर्ने तयारी स्वरूप सभामुख घिमिरेले सांसदको नाम मागेका हुन् । कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्य व्यवस्था, शिक्षा समितिमा आठजना सांसदको सिट संख्या तोकेको छ ।
कृषि, महिला र पूर्वाधार विकासमा ९ जना सांसदले प्रतिनिधित्व गर्नेछन् । मालेले शिक्षामा सातजना र अन्य सबैमा आठजना सिट संख्या तोकिएको छ ।
माओवादी केन्द्रले भने अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा तीनजना सांसद र अन्यमा दुईजना सांसदको सिट संख्या तोकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रियमा एक जनाले र अन्यमा दुई जनाको सिट संख्या तोकिएको छ ।
जसपाले सबै समितिमा एकजना, जनमत पार्टीले अर्थ, उद्योग, कानुन, महिला, शिक्षा र सार्वजनिक लेखामा एकजना र लोसपाले एक सांसदले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षामा प्रतिनिधित्व गर्नेछन् ।
नागरिक उन्मुक्ति पार्टीले अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा एकजना सांसदको संख्या तोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij