Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न सरकारद्वारा टोली गठन

विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न सरकारद्वारा टोली गठन

  • फाल्गुण १८, २०७७ मंगलवार १२:५५ बजे
  • 1.1K
    SHARES
  • विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न सरकारद्वारा टोली गठन

    काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) र सरकारबीच वार्ता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत विप्लव समूह र सरकारबीच चाँडै वार्ता हुने बताउँदै आएकोमा मंगलबार सरकारले यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको हो । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतकाअनुसार विप्लव-सरकार वार्ताका लागि टोली गठन भएको हो । सरकारी वार्ता टाेलीमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई दुई सदस्य छन् । 

    सरकारले ०७५ साल चैत २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई खुला राजनीतिमा प्रतिबन्ध लगाएको थियो । सोही पार्टीलाई सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेर सरकारले वार्तामा ल्याउने भएको हो । 

    दुवै पक्षबीच अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेकाले आज या भोलि नै वार्ता हुने एक उच्च सरकारी अधिकृतले जानकारी दिए । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गृह जिल्ला झापामा आयोजित कार्यक्रममा छिट्टै नै विप्लवसँग वार्ता हुने बताएका थिए । विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij