वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता माधव नेपाल पक्षका नेतालाई मन्त्री बनाउने तयारी गरेका छन् ।
अलग पार्टी निर्माणको तयारीमा रहेको नेपाल पक्षलाई एमलेमै समाहित गराउन पार्टी अध्यक्षसमेत रहेको ओलीले आइतबार राति ६ बुँदे आश्वानपत्र जारी गर्दै नेपाल पक्षलाई एमालेमा आउन आग्रह गरेका छन् ।
आह्वानपत्रमा ओलीले नेपालपक्षले राखेको जेठ ०७५ को बटम लाइनमा पनि लचकता अपनाएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग सत्तासाझेदारी गर्दै शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
२४ मन्त्रालयमध्ये ओलीले सातवटा मन्त्रालय आफूसँगै राखेका छन् । बाँकी सात मन्त्रालयमा आइतबार साँझसम्म मन्त्री थप्ने तयारी गरे पनि ती मन्त्रालयमा नेपाल पक्षका पूर्वमन्त्रीलाई बोलाउने आशयले मन्त्री नियुक्त गरेका छैनन् ।
मन्त्री नियुक्तिका लागि आइतबार दिउँसो प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले र पूर्वमाओवादी नेताहरुसँग छलफल गरेका थिए ।
नेपाल पक्षलाई एमालेहुँदै सरकारमा समेटेर सरकार र पार्टीलाई नै बलियो बनाउन चाहेका ओलीले आइतबारको छलफलपछि मन्त्री नियुक्ति गरेनन् बरु राति नेपाल पक्षसँग पार्टी एकताको आग्रह गर्दै ६ बुँदे आह्वान पत्र जारी गरे ।
शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री नियुक्त गरेर एमालेका केही मन्त्रीहरुलाई बिदा गरेपछि ७ वटा मन्त्रालय ओली आफैंले राखेका छन् ।
जसमध्ये रक्षा मन्त्रालय आफैंसित गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार मन्त्रालयमा आइतबार नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाएका थिए । बाँकी रहेका मन्त्रालयमा ओलीले नेपाल पक्षका नेतालाई मन्त्री नियुक्त गर्ने मनाशय बनाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij