Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतमा आइतबार एक लाख संक्रमित थपिए, दिल्लीमा लकडाउन खुकुलाे

भारतमा आइतबार एक लाख संक्रमित थपिए, दिल्लीमा लकडाउन खुकुलाे

  • 720
    SHARES
  • भारतमा आइतबार एक लाख संक्रमित थपिए, दिल्लीमा लकडाउन खुकुलाे

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या घट्ने क्रम जारी छ । आइतबार त्यहाँ एक लाख छ सय ३६ जना संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा दुई हजार दुई सय २७ जना संक्रमितको मृत्यु भएको छ भने निको हुनेको संख्या एक लाख ७३ हजार छ । 

    भारतमा ४५ दिनपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पहिलोपटक आइतबार २५ सयभन्दा तल पुगेको हो । अहिले उपचार गराइरहेका सक्रिय संक्रमितको संख्या १३ लाख ९८ हजार छ ।

    जनवरी १६ देखि सुरु गरेको खोप अभियानमार्फत् अहिलेसम्म २३ करोड २७ लाख मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । 

    काेराेना संक्रमण घटेसँगै राजधानी दिल्लीमा पसलहरू खुलेका छन् । ५० प्रतिशत यात्रु क्षमतासहित मेट्रो रेल साेमबारबाट चलेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विट गरेर दिल्लीमा केही गतिविधिहरू सुरु भएका छन् तर कोरोनासँग जोगिन आवश्यक सावधानी अपनाउन आवश्यक छ भनेका छन् । 

    दिल्लीमा काेराेना संक्रमणकाे दाेस्राे लहरमा १० हजारभन्दा बढी संक्रमित दैनिक थपिँदै आएकोमा अहिले घटेर तीन सयसम्म पुगेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij