Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उपप्रधानमन्त्री खड्काले जमिन ढोगे

उपप्रधानमन्त्री खड्काले जमिन ढोगे

  • 306
    SHARES
  • उपप्रधानमन्त्री खड्काले जमिन ढोगे

    काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओर्लिएपछि जमिनलाई ढोगेका छन् ।

    गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री भएपछि  खड्का शनिबार सुर्खेत पुगेका हुन् । खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयको ठूलो धुइँचो थियो ।

    सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने बताए ।

    उनले भने, ‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु । मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकुँ । त्यहीँ ताकत, आर्शिवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको हुँ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij