Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ओलीको एकता प्रस्तावमा खनाल-नेपाल पक्षका नेताहरू पक्ष विपक्षमा, कसले के भने ?

ओलीको एकता प्रस्तावमा खनाल-नेपाल पक्षका नेताहरू पक्ष विपक्षमा, कसले के भने ?

  • 902
    SHARES
  • ओलीको एकता प्रस्तावमा खनाल-नेपाल पक्षका नेताहरू पक्ष विपक्षमा, कसले के भने ?

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अघि सारेको ६ बुँदे प्रस्तावप्रति नेपाल पक्षका नेताहरुको मत बाझिएको छ । केहीले प्रस्तावलाई स्वागत गरेका छन् भने अरुले ओलीले अघि सारेका सर्त अस्वीकार गर्ने बताएका छन् ।

    एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष ओलीको घोषणालाई सकारात्मक भनेका छन् । नेतृ रामकुमारी झाँक्रीले पार्टी एकता हुन नदिने डिजाइनका साथ ओलीको वक्तव्य आएको दाबी गरेकी छिन् ।

    तर, भट्टराईले भने वक्तव्यको स्वागत गरेका छन् । ‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नुभएको आह्वान मूलतः सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ । सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै मूलत संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ ।’

    उनले सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वबीच सार्थक संवाद हुने र एमाले एकता कायम राख्न मद्दत पुग्ने बताएका छन् । ‘हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरु हुन्छ,’ भट्टराईले भनेका छन् ।

    नेतृ झाँक्रीले पनि ओलीको वक्तव्य षड्यन्त्रको हिस्सा भएको बताएकी छिन् । ‘पढ्दै जाँदा लाग्यो, पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ,’ झाक्रीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो । एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन, झुक्याउन, अलमलाउन र मिडिया कन्जम्प्सनको लागि हो भनेर बुझ्नुपर्छ ।’

    उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अदालतमा गरिएको हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेकी छिन् । ‘यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हो । यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु,’ उनले भनेकी छिन् ।   

    नेपाल पक्षलाई बास्कोटाको कटाक्ष- नत्र बाक्लो दाल खाऊ नेपाल पक्षलाई बास्कोटाको कटाक्ष- नत्र बाक्लो दाल खाऊ

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij