Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चलचित्र ‘बहाव’को प्रिमियर शो, दर्शकको सकारात्मक प्रतिक्रिया

चलचित्र ‘बहाव’को प्रिमियर शो, दर्शकको सकारात्मक प्रतिक्रिया

  • 279
    SHARES
  • चलचित्र ‘बहाव’को प्रिमियर शो, दर्शकको सकारात्मक प्रतिक्रिया

    काठमाडौं । शुक्रबारबाट रिलिज हुने चलचित्र ‘बहाव’ले बुधबार साँझ प्रिमियर गरेको छ । चलचित्रकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि चलचित्रकर्मी तथा नेताले चलचित्रको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् ।

    एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली चलचित्र जगतमा सम्भावना बोकेको चलचित्र बनेको प्रतिक्रिया दिए ।

    उनले भने, ‘चलचित्रको विषयवस्तु नयाँ छ । नेपाली दर्शकका लागि यसले फरक स्वाद दिनेछ । चलचित्रले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छ ।’

    पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसद पदम गिरीले चलचित्रले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए । उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे ।

    उनले भने, ‘यस्तो चलचित्रले समाजलाई बदल्न महत्वपूर्ण भूमिका खेल्छ । चलचित्रले समाजको वास्तविक कथा बोलेको छ ।’ निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका चलचित्र भन्दा फरक शैलीमा बनेको जनाए ।

    उनले आफूले जापानी चलचित्र हेरेको अनुभव गरेको खुलाए । उनले भने, ‘चलचित्र हेरिरहँदा जापानी चलचित्र हेरेको अनुभव गरे । कथावस्तु फरक भएकाले पनि मलाई हेर्न मजा लाग्याे ।’

    कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतिकरण, कलाकारको अभिनय राम्रो लागेको बताए । अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो चलचित्र बनेको उल्लेख गरे ।

    अर्का कलाकार विजय बरालले चलचित्रको कन्सेप्ट आफूलाई मनपरेको बताए । अभिनेत्री लुनिभा तुलाधरले चलचित्रले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताइन् ।

    उनले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ चलचित्र बन्नुपर्ने सुझाव दिइन् । चलचित्रका अभिनेता कमलमणि नेपालले चलचित्रमा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको बताए ।

    कोरोना महामारीको समयमा काम गरे पनि राम्रो सिर्जना दर्शकमाझ ल्याएको जनाए ।

  • सम्बन्धित विषय:

  • # चलचित्र

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij