Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मन्त्रीहरूलाई गगनको सुझाव : तीन महिनाभित्र परिणाम आउनेगरी काम गर्नुस्

मन्त्रीहरूलाई गगनको सुझाव : तीन महिनाभित्र परिणाम आउनेगरी काम गर्नुस्

  • 288
    SHARES
  • मन्त्रीहरूलाई गगनको सुझाव : तीन महिनाभित्र परिणाम आउनेगरी काम गर्नुस्

    नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए ।

    उनले पाँच महिनासम्म पनि परिणाम नआए जनताको धैर्यता टुट्ने उल्लेख गर्दै त्यसैका कारण मुलुक दुर्घटनामा पर्न सक्ने बताए । ‘प्रधानमन्त्रीले मैले यस्तो काम गर्छु भन्नै पर्दैन जनताले परिणाम देखेपछि आफैँ भन्छन्’, महामन्त्री थापाले भने ।


    उनले सरकारले परिणाममुखी काम गर्न सके त्यसले लय समात्ने बताउँदै सरकारको स्थिरताको लाभ जनताले लिन सक्नुपर्नेमा जोड दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij