वेबटिभी खबर
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र भयरहित बनाउन आग्रह गरेका छन।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन परीक्षासँग सम्बन्धित सबैमा अपिल गरेका हुन्।
उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन्।
एसईई परीक्षा आज बिहान ८ बजेदखि सुरू हुँदैछ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij