Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दिल्लीमा लकडाउन खुकुलो पारिँदै 

दिल्लीमा लकडाउन खुकुलो पारिँदै 

  • 664
    SHARES
  • दिल्लीमा लकडाउन खुकुलो पारिँदै 

    नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड-१९ संक्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गरेका छन् ।

    मुख्यमन्त्री केजरीवालले आगामी दिनमा कोभिड-१९ संक्रमणका कारण बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोना भाइरसको तेस्रो लहरलाई सामना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिएका छन् ।

    दिल्लीमा पछिल्लो साता संक्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्यांकमा उल्लेख गरेको छ । दिल्ली सहरमा दैनिक संक्रमण अहिले पाँच सय वरिपरि छ भने मृत्यु घटेर ५० सम्म पुगेको छ । 

    अधिकारीका अनुसार कोरोना संक्रमणको गति विस्तारै कम हुँदै गएकाले सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्छ । बजार, मल, पसलहरु बिहान १० बजेदेखि राति ८ बजेसम्म खुल्ने छन्, भने मेट्रो रेल ५० प्रतिशत क्षमतासहित सञ्चालन गर्न सकिने भएको छ । संक्रमणकाे स्थिति हेरेर अर्काे साताबाट लकडाउन थप खुकुलाे पार्न सक्ने जनाएकाे छ । 

    सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो ।दिल्लीमा दोस्रो लहरको संक्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै वर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij