Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

महन्थ ठाकुर भन्छन्- माग पूरा हुने भएकाले सरकारमा सहभागी भयौं

महन्थ ठाकुर भन्छन्- माग पूरा हुने भएकाले सरकारमा सहभागी भयौं

  • 2.0K
    SHARES
  • महन्थ ठाकुर भन्छन्- माग पूरा हुने भएकाले सरकारमा सहभागी भयौं

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसका मागलाई प्रधानमन्त्री केपी ओलीले अघि बढाएकाले सरकारमा सहभागी भएको बताएका छन् ।

    जसपा पार्टी कार्यालयमा शनिवार नवनियुक्त मन्त्रीहरूलाई गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठाकुरले आफूहरूको केही माग पूरा भएकोले सरकारमा सहभागी भएको बताए ।

    केही माग पूरा हुन बाँकी रहे पनि सकेसम्म पूरा गर्ने आश्वास प्रधानमन्त्रीबाट आएको उनले बताए । अध्यक्ष ठाकुरले रेशम चौधरीको मुद्दा, नागरिकता लगायतका विषय सरकारबाट सम्बोधन हुने क्रममा रहेको उल्लेख गरे । 

    कार्यक्रममा जसपा वरिष्ठ नेता एवम् उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधानमा आवश्यक संशोधनको कामका लागि सरकारमा बसेर पहल गर्ने बताए ।

    महतोले अर्को प्रसंगमा पार्टीे विभाजन हुने अवस्था देखिएकाले निर्वाचन आयोगबाट वधानिकता लिने स्पष्ट पारे ।

    नवनियुक्त मन्त्रीहरूले पार्टी नीतिअनुरुप काम गर्नुपर्ने जोड दिँदै महतोले हिमाल, पहाड र तराईका क्षेत्रबाट जसपाप्रति भरोसा जाग्ने गरी जनताको सेवामा लाग्ने बताए ।   

     एकल राज्य मान्दैनौंः उपप्रधानमन्त्री महतो   एकल राज्य मान्दैनौंः उपप्रधानमन्त्री महतो 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij