Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन स्थानीय तहलाई सामान्य प्रशासनको ताकेता

७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन स्थानीय तहलाई सामान्य प्रशासनको ताकेता

  • 227
    SHARES
  • ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन स्थानीय तहलाई सामान्य प्रशासनको ताकेता

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई सात दिनभित्र हाजिर गराउन सम्बन्धित स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

    मन्त्री मोदी आएपछि १२ वटा स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासनबाट खटेका प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर गर्न नदिने भन्दै पत्र थमाएर पठाएका थिए ।

    मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरिसकेको उनको सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij