वेबटिभी खबर
हेटौंडा । मकवानपुरको सामरी खोलामा एकजना पुरुषको शव फेला परेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित सामरी खोलाको किनार आज बिहान एक पुरुषको शव फेला परेको हो ।
उक्त शव स्थानीय स्याउली बस्ने ५५ वर्षीय सोर्जे पुलामीमगरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
मगरको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij