Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

युएईले पिएनजीलाई ६ विकेटले हरायो

युएईले पिएनजीलाई ६ विकेटले हरायो

  • 385
    SHARES
  • युएईले पिएनजीलाई  ६ विकेटले  हरायो

    काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्तग आफ्नो अन्तिम खेलमा पिएनजी पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पिएनजीलाई युएईले ६ विकेटले पराजित गरेको हो । 

    पिएनजीले दिएको २३५ रनको लक्ष्य युएईले ४ विकेटको क्षतिमा ३८.४ ओभरमा पूरा गर्‍यो । युएईको जितमा कप्तान मोहमद वासीमले शतक प्रहार गरे। उनले ७६ बलमा ११९ रन जोडे। वृत्य अरिवन्दले ३३ रन जोडेका थिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको पिएनजी ७ विकेटको क्षतिमा २३४ रन जोड्यो । उसका लागि कप्तान असद भालाले ६५ रन जोड्दा नोर्भान भानुआले नटआउट ४९ रन जोडे ।  बलिङमा युएईका हजरात विलालले ४ विकेट लिए ।

    अब लिग-२ को यो अन्तिम सिरिजको अन्तिम खेल भोलि हुनेछ । भोलि कीर्तिपुर मैदानमा नेपालले युएईसँग खेल्नेछ। जित हात पारे नेपाल विश्वकप छनोटमा पुग्नेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij