Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

  • 269
    SHARES
  • नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

    काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बाँकी छँदै सबै विकेट गुमाएर २४८ रन बनायो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए ।  आठौं अर्धशतक प्रहार गरेका रोहित नेपालबाट सर्वाधिक एक दिवसीय अर्धसतक बनाउने खेलाडीसमेत बने । 

    ११२ बल खेलेका उनले ९ चौकासहित ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुल्सन झा ३७, दीपेन्द्र सिंह ऐरी ३४, भीम सार्कीले २९ रन बनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij