Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

म्यानचेस्टर युनाइटेड ४–१ को जीतसँगै प्रि क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड ४–१ को जीतसँगै प्रि क्वाटरफाइनलमा

  • 337
    SHARES
  • म्यानचेस्टर युनाइटेड ४–१ को जीतसँगै प्रि क्वाटरफाइनलमा

    काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुगेकाे छ ।

    घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । 

    युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा  रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए । 

    खेलको छैटौं मिनेटमा नै रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो तर  ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

    दोस्रो हाफको ५२औं मिनेटमा एन्टोनीको गोलमा २–१ ले अघि बढेको युर्नाटेड ५८औं मिनेटमा फर्नान्डेसको गोलमार्फत ३–१ को अग्रता लिन सफल भयो । 

    ८२औं मिनेटमा वोउट वेगह्रस्टले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij