Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोवाइल लैजान प्रतिबन्ध

राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोवाइल लैजान प्रतिबन्ध

  • 342
    SHARES
  • राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोवाइल लैजान प्रतिबन्ध

    काठमाडौं । आज हुन गइरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोवाइल लैजान प्रतिबन्ध लगाइको छ ।

    मतदाताहरुले मतदानस्थलमा मोवाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।

    ‘मतदानस्थलमा मोवाइल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाइएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाइने छैन । '

    आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij