वेबटिभी खबर
काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको शेयर बजार मंगलबार १४ अंकले बढेको छ । आज नेप्से परिसूचक १४.४१ अंकले बढेको बजार १ हजार ९५२.६६ बिन्दुमा उक्लिएको हाे ।
यसदिन २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसूचकबाहेक सबै उपसूचकमा हरियो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत १.६७ प्रतिशतका लगानी कर्ताले कमाए ।
मंगलबार शुभम् पावर लिमिटेड र सुपरमादी हाइड्रोको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । सिद्धार्थ इन्भेष्टमेन्ट, इमर्जिङ नेपाल, स्वाभिमान लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले बढ्यो ।
यसदिन सबैभन्दा बढी सीवाईसी नेपाल लघुवित्त, नविल इक्विटी फण्ड, समिट लघुवित्त, कुमारी धनवृद्धि योजनासहितका धितोपत्रको मूल्य घटेको छ । साल्ट ड्रेडिङ, हिमालयन डिष्ट्रिलरी, छिमेक लघुवित्त, शिवम सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij