वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वाेच्च अदालतमा रिट गर्दा भएको ।
मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतका कानुन व्यवसायीह प्रचण्डविरूद्ध रिट दर्ता गराएका हुन् ।
२०७६ माघ १ गते माघीको अवसरमा टुंडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका मध्ये ५ हजार जनाको जिम्मा मात्र आफूले लिने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको मागसहित रिट दर्ता गरिएको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले फागुन २५ गतेलाई मुद्दाको पेसी तोकिएको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij