वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच राष्ट्रपति निर्वाचन र राष्ट्रिय राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
सो भेटमा नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरूमा ठूला दल एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताएका छन् ।
पछिल्लाे समय राष्ट्रपतिका उम्मेदवार नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश राजीनिक दलका शीर्ष नेताहरूलाई भेटिरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij