वेबटिभी खबर
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार घटेको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १ हजार ९३८.२५ विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अंकले घटेर ३६८.७० मा पुगेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रूपैयाँमाथिको शेयर कारोबार भएको छ ।
कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । यसको ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा सुभम पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ ।
आइतबार सबै उपसुचकहरूको कारोबार रकम घटेको छ । आजको कारोबारमा सुभम सिमेन्टको १० प्रतिशतले शेयर मूल्य बढेको छ । यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन । भने, युनिक लघुवित्त, एनएमबि ५० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij