Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सुनकोशी नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एकको शव फेला

सुनकोशी नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एकको शव फेला

  • 945
    SHARES
  • सुनकोशी नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एकको शव फेला

    काठमाडौं । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका दुई किशोरमध्ये एकको शव मंगलबार प्रहरीले फेला पारेको छ ।  

    सोमबार दिउँसो सुनकोशी नदीमा माछा मार्ने क्रममा वेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।

    काभ्रेचौंरी गाउँपालिका वडानम्बर ८ बिर्तादेउरालिस्थित सुनकोशी नदीमा सोही जिल्लाको तेलाम गाउँपालिका २ बस्ने २१ वर्षीय सुजित तामाङ र सोही गाउँपलिका वडानम्बर ३ बस्ने वर्ष २२ का दिलध्वज तामाङ बेपत्ता भएका थिए ।

    सशस्त्र प्रहरी बलको नम्बर २० विपद् उद्धार उपत्यका गण र नम्बर १५ गण काभ्रेबाट खटेको गोताखोरले मंगलबार दिउँसो सुजित तामाङको शव नदीबाट निकालेको हो ।

    बेपत्ता अर्का किशोर दिलध्वजको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # शव फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij