Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पहिले बनेको गठबन्धन पुनः ब्युँतिएको हो : अध्यक्ष नेपाल

पहिले बनेको गठबन्धन पुनः ब्युँतिएको हो : अध्यक्ष नेपाल

  • फाल्गुण १५, २०७९ सोमवार १५:४१ बजे
  • 291
    SHARES
  • पहिले बनेको गठबन्धन पुनः ब्युँतिएको हो : अध्यक्ष नेपाल

    सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् ।

    पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका अध्यक्ष नेपालले पत्रकारसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युँतिएको बताएका हुन् ।

    पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष नेपालको भनाइ थियो । उनले आफूहरूसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युताउँने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको जानकारी दिए ।

    अध्यक्ष नेपालले भने, ‘२०४६ सालमा हामीले आँट गर्यौ पञ्चायतलाई ढाल्यौ, माओवादी सशस्त्र द्वन्दमा हामीले हात हाल्यौँ शान्ति प्रक्रियामा लिएर आयौँ, हामीले आँट गर्यौ २०६२/६३ को आन्दोलनबाट राजतन्त्र फालिदिँयौँ । त्यसैले हामीबिना यो देश चलाउँछु कसैले भन्छ भने त्यो दिवा सपना हुन्छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij