वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वसम्मत गर्न सकिए त्यो राम्रो हुने बताएका छन्। माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको बताउँदै उनले नेकपा एमालेसँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुन सके राम्रो हुने बताए।
८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार छन्। नेकपा एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार छन्।
‘चुनावमा हामी एउटा गठबन्धनबाट गएका थियौं। तर म भिन्न तरिकाले प्रधानमन्त्री भएँ,’ गोरखाको बारपाक सुलिकोटमा आज भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजोमात्र फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा ८ दल एक ठाउँमा भइयो। एमालेसँग पनि कुराकानी भइरहेको छ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij