Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

  • 319
    SHARES
  • यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले आजकाे तरकारी र फलफूलको न्युनतम मूल्य तोकेको हो ।

    समितिका अनुसार आइतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रूपैयाँ, हरियो अंगुर १२० रूपैयाँ, भारतीय सुन्तला १३० रूपैयाँ, अनार २५० रूपैयाँ र आभोकाडो ४०० रूपैयाँ, अमला ७० रूपैयाँ, किवि ४०० रूपैयाँ र अम्बा १०० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    यस्तै, नेपाली ठूलो गोलभेडा ५० रूपैयाँ, अदुवा ८० रूपैयाँ, रातो आलु २५ रूपैया, सेतो आलु १७ रूपैयाँ, स्थानीय काउली १५ रूपैयाँ, कागती २१० रूपैयाँ, सुकेको खुर्सानी ४०० रूपैयाँ र हरियो खुर्सानी ९० रूपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ ।

    यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रूपैयाँ, बचुवा माछा २६० रूपैयाँ साथै मंगुरी माछा ३१० रूपैयाँ केजी र रहु माछा ३३० रूपैयाँ केजीमा खरिदबिक्री भइरहेको छ ।

    आज लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रूपैयाँ, गान्टे मूला ६० रूपैयाँ, गुन्दुक २५० रूपैयाँ, राजमा घिउ सिमी ८० रूपैयाँ, चमसूरको साग ४० रूपैयाँ, कन्य च्याउ १४० रूपैयाँ, डल्ले च्याउ २५० रूपैयाँ, तितो करेला १२० रूपैयाँ, तोरीको साग २० रूपैया, भारतीय सुकेको प्याज ३१ रूपैयाँ, हरियो प्याज ३० रूपैयाँ, पुदीना ३५० रूपैयाँ, लोकल बन्दा १५ रूपैयाँ, ब्रोबाउली ३० रूपैयाँ, भान्टा लाम्चो ६० रूपैयाँ, भिण्डी १२० रूपैयाँ केजी र हरियो धनियाँ ३० रूपैयाँ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij